रवि लामिछानेले भने, ‘भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन ।
तनहुँ–१ को उपनिर्वाचनका लागि आबुखैरनीमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै ३० बर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशवाट पलायन गराएको उनको आरोप पनि छ ।
नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई छ ।
‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं,’ लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकी तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिडने होइन ।’
उपनिर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको चुनावी सभाहरु सुरु हुन थालेका छन् ।






डिसी नेपाल





Facebook Comment