सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताकाे बैठक जारी

डिसी नेपाल
२८ चैत २०७९ १०:३२
480
Shares

काठमाडाैं। बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकलगायतका विषयमा छलफल भइरहकाे छ।

बैठकमा संसदीय सुनुवाइ समिति गठन, संघीय संसद्को संयुक्त कार्यसंचालन नियमावली निर्माण र विधेयकलगायतका विषयमा  छलफल भइरहेकाे  सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी छन्। यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.