गृहमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतद्वारा बुद्ध जन्मस्थलको भ्रमण
लुम्बिनी। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। आज लुम्बिनी आएका उपप्रधानमन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लुम्बिनी भ्रमण गरेका हुन्।
कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य तथा प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङलाई स्वागत गरेका थिए ।
विभिन्न कार्यक्रमका सिलसिलामा रुपन्देही आएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोकस्तम्भ, पवित्र बगँैचा, शान्तिदीपको अवलोकन गरे ।
त्यस्तै चिनियाँ विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकको अवस्था र विकास निर्माणका सवालमा चासो राखेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment