मदन भण्डारी फाउन्डेसनको ‘जबज संवाद’को दोस्रो शृंखला आज

डिसी नेपाल
२९ चैत २०७९ ७:१३
28
Shares

काठमाडौं। मदन भण्डारी फाउण्डेसनले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादबारे जबज संवाद’ को दोस्रो शृंखला बुधबार आयोजना गर्दै छ।

‘जबज संवाद’ शृंखला संचालन गर्दै आइरहेको फाउन्डेसनले बुधबार दोस्रो शृंखला गर्न लागेको हो। दोस्रो संवाद शृंखलामा ‘संसदीय लोकतन्त्रमा दलीय प्रतिस्पर्धा र सहकार्य’ विषयमा विचार गोष्ठी आयोजना गरिएको फाउन्डेसनका सचिव पेम्बा लामाले जानकारी दिए।

उनका अनुसार बुधबार दिउँसा साढे २ बजे मदन भण्डारी मेमोरिअल कलेजमा संवाद शृंखला आयोजना हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.