तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्व साँढे पाँच करोडको भ्रष्टाचार मुद्दा

डिसी नेपाल
२९ चैत २०७९ २१:२४
480
Shares

काठमाडौं। भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ११ जनाविरुद्व पाँच करोड ४३ लाख ३१ हजार ८१७ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कन्चनपुरको भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखाअधिकृत गोविन्दराज उपाध्यायसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए।

आर्थिक वर्ष २०७८र७९ मा नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा भवानी कन्स्ट्रकसन प्रालिलाई प्रत्यक्ष लाभ पाउने गरी राजस्व गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *