निजाम मुकर्रम जाह, जसले चार हजार करोडको सम्पत्ति बर्बाद गरे
काठमाडौं । एक स्विस ज्योतिषीले सन् १९८० को दशकमा हैदरावादका आठौं निजाम मुकर्रम जाहलाई भनेका थिए, “तिमी ८६ वर्षको उमेर अघि मर्ने छैनौ।”
धेरै वर्ष पहिले जब पत्रकार-लेखक जोन जुब्रिस्की, जसले मुकर्रम जाहलाई चिन्थे, टर्कीको अनातोलियामा उनलाई भेटे । उनी मधुमेहको औषधि खाँदै र चुरोट पिउँदै थिए । त्यतिबेला उनी ७१ वर्षका थिए।
उनले जोन जुब्रिस्कीलाई आत्मविश्वासका साथ भने, “जब मेरो हजुरबुबा मीर उस्मान अली खान चेन-स्मोकर हुनुको अलावा एक दिनमा ११ ग्राम अफिम लिएर ८० वर्षसम्म बाँच्नुभएको थियो , म उहाँभन्दा धेरै बाँच्नेछु।”
२०२३ मा मुकर्रम जाहको मृत्यु हुँदा उनी ८९ वर्षका थिए । उनको एनाटोलियाको तीन बेडरूमको अपार्टमेन्टमा मृत्यु भयो, जहाँ एक नर्स, एक कुक र एक केयरटेकर उनीसँगै बस्थे।
टर्कीमा रहेका उनका छिमेकीहरूलाई समेत थाहा थिएन कि निजाम मुकर्रम जाहका मावली हजुरबुवा अब्दुल मजीद द्वितीय थिए, जो ओटोमन साम्राज्यका अन्तिम ‘खलिफा’ थिए जसले १९२४ मा निर्वासन भोग्नुपरेको थियो।
मुकर्रमका बुबा राजकुमार आजमले स्विट्जरल्याण्डमा शरण लिएकी ‘खलिफा’की एक्ली छोरी दुरुशेभरसँग विवाह गरेका थिए।
मुकर्रम जाह सन् १९६७ मा हैदरावादको आठौं र अन्तिम निजामको रूपमा सिंहासनमा बसेका थिए र उनका हजुरबुवाबाट एक दर्जनभन्दा बढी दरबार, मुगल कलाकृति, सयौं किलो सुन र चाँदीका गहना, हिरा र बहुमूल्य पत्थरहरू विरासतमा पाएका थिए।
तर आफ्नो मृत्यु हुनु अघि, उनले अनुमानित ४,००० करोडको सम्पत्ति ‘गुमाएको’ वा अर्को शब्दमा ‘उडाएका’ थिए।
मुकर्रम जाहका जीवनीकार जोन जुब्रिस्कीले ‘द लास्ट निजाम: राइज एण्ड फल अफ इण्डियाज ग्रेटेस्ट प्रिन्सली एस्टेट’ मा लेख्छन्, “मुकर्रमले आफ्नो पुर्खा पहिलो निजामले राती पहरेदारहरूलाई घूस दिएर गोलकोन्डा किल्लाको ढोका खुलाएर कसरी दक्षिणमा विजयी भएका थिए भन्ने कथा चाखपूर्वक सुनाउँथे ।”
“त्यसपछि सुन, चाँदी र हीरा-रत्नहरू ऊँटमा भरेर औरङ्गजेबको दरबारमा लगियो।”
जोन जुब्रिस्की थप लेख्छन्, “यो संयोग मात्र होइन कि हैदरावाद निजामको रियासतको भूभाग जुन फ्रान्स जस्तो देश जत्तिकै ठूलो थियो, अहिले केही सय एकडमा सिमित भएको छ।”
जब मुकर्रम जाहको मृत्यु भयो, निजाम हैदरावादको सम्पत्तिका दर्जनौं उत्तराधिकारीहरू बीच अदालतमा सयौं मुद्दाहरू चलिरहेका थिए, जसको सुनुवाइ अझै जारी छ।
तर हैदरावादको अन्तिम निजामको अपार सम्पत्ति उडाएकोबारे बुझ्नको लागि इतिहासमा फर्किनु पर्छ किनकि उनका हजुरबुवा मीर उस्मान अलीले आफ्ना छोरा राजकुमार आजमको सट्टा नाति मुकर्रमलाई उत्तराधिकारीको रूपमा रोजेका थिए।
मीर उस्मान अली खानका जीवनीकार डीएफ कराकाले ‘फेबुलस मुगल’ मा लेख्छन्, “उस्मान अली खानले विरासतमा धेरै सम्पत्ति पाएका थिए र ‘किंग कोठी’ दरबारमा आफ्नै ‘जनाना’ बनाएका थिए जहाँ उनी १९२० मा २०० पत्नीहरूसँग बस्ने गर्थे । उनीहरू १९६७ अर्थात सातौं मुगलमो मृत्युसम्म घटेर ४२ जना मात्र बाँकी थिए ।”
लेखक जोन जुब्रिस्कीले ‘द लास्ट निजाम: राइज एण्ड फल अफ इन्डियाज ग्रेटेस्ट प्रिन्सली एस्टेट’ मा लेखेका छन्, “मेरो हजुरबुबा मीर उस्मान अली खान साँझ दरबारको बगैंचामा जानुहुन्थ्यो जहाँ उनका सबै श्रीमतीहरू आइपुग्ने गर्थे। उहाँले सेतो रुमाल जसको काँधमा राख्नुहुन्थ्यो उनीहरूलाई राती नौ बजे दरबारको हजुरबुवाको शयनकक्षमा कुन रानीले भेट्नुपर्छ भन्ने थाहा हुन्थ्यो ।”
तर यी सबैको बीचमा हैदरावादका सातौं निजाम मीर उस्मान अलीका छोराछोरी र नातिनातिना बढ्दै गएका थिए र उनको मृत्युको समयमा यो संख्या लगभग १०० थियो, जुन २००५ मा ५०० नाघेको थियो।
ती सबैले आठौं र अन्तिम निजाम मुकर्रम जाह विरुद्ध सम्पत्ति बाँडफाँड मुद्दा दायर गरेका थिए।
तर, वास्तविकता यो पनि थियो कि सन् १९४७ मा भारतको स्वतन्त्रताका बेला हैदराबादको रियासतलाई देशकै सबैभन्दा धनी रियासत भनिएको थियो, जसको बारेमा बेलायतका प्रधानमन्त्री स्वयंले बयान दिएका थिए ।
जुलाई १९४८ मा, विन्स्टन चर्चिलले ब्रिटिश संसदलाई भने, “संयुक्त राष्ट्र संघका ५२ सदस्य राष्ट्रहरू मध्ये, २० हैदराबाद भन्दा साना थिए र ती मध्ये १६ को हैदराबादको निजामको रियासत भन्दा कम आय थियो।”
यो त्यो समय थियो जब राजकुमार मुकर्रम जाहकी आमा दुरुशेवरले आफ्ना ससुरा निजाम मीर उस्मान अलीको इच्छा विरुद्ध मुकर्रमलाई पहिले दून स्कूल र त्यसपछि क्याम्ब्रिज, इङ्गल्याण्डमा अध्ययन गर्न पठाइन् ।
यसैबीच, हैदरावादको रियासत भारतमा विलय भएको थियो र मानिसहरूले निजाम हैदरावादको कुल संचित पूँजी र चल र अचल सम्पत्तिको अनुमान गरिरहेका थिए।
मीर उस्मान अलीका जीवनीकार डीएफ कराकाका अनुसार, “१९५० को दशकमा निजामको कुल सम्पत्ति १ अर्ब ३५ करोड रुपैयाँ थियो, जसमध्ये ३५० मिलियन नगद, ५ करोड हीरा र गहना र यस्तै मूल्यका दरबार र सम्पदाहरू थिए।”
न्यूयोर्क टाइम्स पत्रिकाले सन् १९४९ मा निजामको कुल सम्पत्ति करिब दुई अर्ब अमेरिकी डलर हुने रिपोर्ट गरेको थियो ।
निजाम हैदरावादको सम्पत्तिको सबै अनुमानहरू मध्ये, स्टेट बैंक अफ इन्डियाले धेरै पटक उनको हीरा-रत्न र गहनाको तथ्याङ्क दिएको छ र धेरै पटक चलिरहेको अदालती मुद्दाहरूमा बताइएअनुसार यो लगभग ४ हजार करोड करोड रुपैयाँ भएको अनुमान छ।
यस अवधिमा निजाम मीर उस्मान अलीले आफ्नो राज्यको अन्तिम निजाम आफ्नो छोरा आजम जाह नभइ नाति मुकर्रम जाह हुनेछन् भन्ने मन बनाइसकेका थिए।
सन् १९५४ जुन १४ मा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई लेखिएको पत्रमा उनले लेखेका थिए, “राजकुमार आजम जाहले आफ्नो अतिव्यय र मदिराको लतका कारण आफूलाई परिवारको प्रमुख बन्न योग्य साबित गर्न सकेका छैनन्। मेरो नाति मुकर्रम जाह मेरो व्यक्तिगत सम्पत्तिको उत्तराधिकारी हुनेछ।”
त्यसपछिका वर्षहरूमा, जब भारत सरकारले पुरानो शाही घरहरूको अधिकार कब्जा गर्न जारी राख्यो, मुकर्रम जाहले इङ्गल्याण्ड र युरोपमा पुल निर्माणदेखि माइनफिल्ड बिछ्याउने सबै कुरा सिकिरहेका थिए।
लण्डनको ह्यारो स्कुलमा रहेका आफ्ना साथी रशिद अली खानलाई उनले त्यसबेला भनेका थिए, “म पूर्ण रूपमा स्वतन्त्र मानिसको जीवन जिउन चाहन्छु, त्यसैले म आफ्ना सबै शौकहरू पूरा गरिरहेको छु, चाहे त्यो चलचित्र हेर्ने होस् वा ज्याज संगीत कार्यक्रममा भाग लिने।”
१९५८ मा, इस्तानबुलमा छुट्टीमा हुँदा, उनले एस्रा बर्गिनलाई भेटे, जसलाई मुकर्रमले लन्डनको केन्सिङ्टन कोर्टमा गोप्य रूपमा विवाह गरे।
धेरै वर्षपछि इतिहासकार अनिता शाहसँगको कुराकानीमा उनले भने, ‘मेरो हजुरबुवा, तत्कालीन निजाम र मेरी आमा यो विवाहको विरुद्धमा हुनुहुन्थ्यो, तर उनीहरूसँग पनि विकल्प थिएन ।’
अन्ततः, जब सातौं निजाम, मीर उस्मान अलीको १९६७ मा मृत्यु भयो, मुकर्रम जाह अन्तिम निजामको रूपमा सिंहासनमा बसे। धेरै समस्याहरू मध्ये सबैभन्दा ठूलो शाही खर्च थियो।
धेरै वर्षपछि टर्कीमा जोन जुब्रिस्कीलाई दिएको अन्तर्वार्तामा मुकर्रम जाहले भने, “मेरो हजुरबुवासँग १४ हजार ७१८ जना कर्मचारी थिए। यसबाहेक उहाँसँग ४२ पत्नी र १०० सन्तान थिए जसको शाही खर्चको जिम्मेवारी उहाँमाथि थियो ।”
“हैदरावादको चौमहल्ला दरबार परिसरमा ६ हजार कर्मचारीहरूको पूरा तैनाथी थियो र हाम्रा सबै दरबारहरूमा करिब ५ हजार गार्डहरू थिए। यी सबै बाहेक, निजामको भान्छामा दैनिक २ हजार मानिसहरूका लागि खाना पकाइन्थ्यो र केही कर्मचारीहरू नजिकैका धेरै होटल-रेष्टुरेन्टमा यसको ठूलो हिस्सा चुपचाप बेचिदिन्थे ।”
मुकर्रम जाहले निजामको शाही ग्यारेज पनि रोल्स रोयसले भरिएको बताएका थिए। यी गाडीहरुमा पेट्रोलको वार्षिक खर्च त्यतिबेला ९० हजार अमेरिकी डलर थियो ।
मुकर्रम जाहलाई सन् १९६८ मा पहिलो झट्का लागेको थियो जब आन्ध्र प्रदेश उच्च अदालतले निजामको सम्पत्ति उनका सबै उत्तराधिकारीहरूमा समान रूपमा बाँड्ने निर्णय गरेको थियो। यो मुद्दा मुकररम जाहकी बहिनी शहजादी पाशाले दायर गरेकी थिइन्, जसलाई उनका हजुरबुवाले विवाह गर्न दिएनन्।
अर्को दुई वर्षमा, उनकी श्रीमती एस्रा र बच्चाहरू इङ्गल्याण्ड फर्किए र हैदराबादमा आफ्नो सम्पत्ति बचाउने उनको योजना एकपछि अर्को असफल भयो।
इन्जिनियरिङ र मोटर मेकानिक्समा रुचि राख्ने मुकर्रम जाहले निजामको ड्युटीबाट फुर्सद पाउँदा हजुरबुवाको ग्यारेजमा रहेका ५६ वटा कार मर्मत गर्थे ।
वर्षौं पछि इङ्गल्याण्डमा, उनकी पहिलो पत्नी, एस्राले जोन जुब्रिस्कीलाई भनिन्, “उनी या त सेनामा जान चाहन्थे वा कार मेकानिक बन्न चाहन्थे। उनले यस सम्पत्ति मामिलामा नजिकका साथीहरूमा भर परेर कुरा मिल्नेछ भन्ने सोचेका थिए तर बन्न सकेन । उनी यी सबैका लागि बनेकै थिएनन् ।”
यहाँ हैदरावादमा निजाम मुकर्रम जाहले अचानक ह्यारो र उनका एक क्याम्ब्रिज साथी, र जर्ज होब्डे, जो पश्चिमी अस्ट्रेलियामा डाक्टरको रूपमा अभ्यास गरिरहेका थिए, उनीहरूलाई सम्झिए र उनीहरूलाई भेट्न गए।
यहीँबाट उनको जीवनले ठूलो मोड लियो र हैदरावाद मात्र होइन उनको सम्पत्ति पनि उनको हातबाट गयो ।
उनलाई पश्चिमी अष्ट्रेलियाको पर्थ सहर वरपरको दृश्य र मानिसहरू यति मन पर्यो कि उनले यहाँ फार्म हाउस किन्ने निर्णय गरे। अचानक उसलाई भेडा फार्म “मर्चिसन हाउस स्टेशन” को बारेमा थाहा भयो।
टाइम म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा मुकर्रम जाहले भने, “मुर्चिसन नदीको नीलो पानीले जसरी रातो स्याण्डस्टोनका पहाडहरूबाट घुमाउरो किनारा काट्यो जुन एक विशाल खेतको बीचमा थियो। मैले पुरानो हैदरावाद नजिकै पहाडहरूजस्तो पाएँ र म सम्झिरहेको थिएँ त्यो जङ्गल जहाँ बाल्यकालमा म हजुरबुवासँग शिकार गर्न जान्थें।
यसैबीच, मुकर्रमले हेलेन सिमन्स नामकी अष्ट्रेलियाली महिलासँग विवाह गरे, जसको पछि एड्सबाट मृत्यु भयो। यस विवाहबाट पनि उनका दुई सन्तान थिए, जसमध्ये दोस्रो, राजकुमार ओमर जाहको ड्रग्स ओभरडोजका कारण मृत्यु भयो।
मुकर्रम जाहले पाँच लाख एकड जमिनमा फैलिएको आफ्नो अष्ट्रेलियाको नयाँ इस्टेट ‘मर्चिसन हाउस स्टेसन’मा आफ्नो ध्यान केन्द्रित गरेका थिए ।
यसको एकातिर हिन्द महासागर र अर्कोतिर पहाड र गुफाहरू थिए।
यता भारतमा आफ्नो सम्पत्तिमा अरुको कब्जा बढ्दै थियो, भागबण्डा भइरहेको थियो, अर्कोतिर मुकर्रमले अस्ट्रेलियामा करोडौंको सम्पत्ति किन्दै थिए ।
यसमा पानी जहाज, संसारको सबैभन्दा ठूलो बुलडोजर, ल्यान्डमाइन खोज्ने मेसिन र एउटा सुन खानी पनि समावेश थियो।
उनका जीवनीकार जोन जुब्रिस्कीका अनुसार, “खर्चको बढ्दो सूचीको साथ, मुकर्रमले आफ्ना कर्मचारी र विश्वभरका महँगो होटलहरूको खर्च पूरा गर्न स्विट्जरल्याण्डलाई बहुमूल्य हीरा र गहनाहरू बेचेका थिए। तर अष्ट्रेलियामा उनको खर्च दोब्बर र तीन गुणा बढ्दै गयो। र मानिसहरूले उनको पैसामा जालझेल गर्न थाले।”
ऋणको जीवन, ऋणीबाट बच्ने प्रयास र भारत सरकारले निजाम ट्रस्टका गहना र बहुमूल्य वस्तुहरू विदेशमा लिलामी गर्न लगाएको प्रतिबन्धका कारण मुकर्रम जाह टुटेका थिए ।
१९९६ सम्म उनले ऋण तिर्नको लागि अष्ट्रेलिया र युरोपमा सम्पत्तिहरू धितो राखेर बेच्नुपर्यो, उनको याट जफत गरियो, र उनका कार र बुलडोजरहरू लिलामी गरियो।
अस्ट्रेलियाको ‘द वेस्टर्न मेल’ अखबारले लेखेको छ, ‘उनका कर्मचारीहरूले गलत तरिकाले पैसा खर्च गरेका छन् र ठगी पनि गरेका छन्। शाह आफ्ना छोराछोरीको संरक्षकत्वमा पनि ब्याकफुटमा परेका छन् र उनले भारी क्षतिपूर्ति तिर्नुपर्नेछ ।”
त्यसै वर्षको एस शुक्रबार ‘निजाम’ मुकर्रम जाहले पर्थमा आफ्ना सेक्रेटरीलाई आफू नमाज पढ्न जान लागिरहेको बताए । त्यसपछि उनी अस्ट्रेलियामा देखिएनन् । आफूमाथि दर्ता भएको मुद्दामा कारबाही हुने डरले उनी टर्की भागे र जीवनभर त्यहीँ बसे ।
हो, यसबीचमा उनले थप दुई विवाह गरे जुन लामो समय टिक्न सकेनन् ।
सन् २००२ मा भारत सरकारले उनलाई निजाम ट्रष्टबाट सरकारी कोषमा लिइएका गहनाका लागि २२ करोड डलर दिएको थियो तर यो मूल्य बजार मूल्यको एक चौथाइभन्दा कम रहेको बताइएको छ ।
यस वर्षको सुरुमा उनको मृत्यु पछि, मुकर्रम जाहको पार्थिव शरीरलाई हैदरावाद ल्याइयो र पूर्ण सम्मानका साथ गाडियो। यसअघि उनी अन्तिम पटक २०१२ मा हैदराबाद आएका थिए ।
यसको केही वर्ष पछि, जीवनी लेखक जोन जुब्रिस्कीले उनलाई सोधेका थिए कि के उसलाई कुनै पछुतो छ ?
अन्तालियाको त्यो क्याफेमा टर्कीको चिया चुस्दै मुकर्रम जाहले भने, ‘हो, इङ्ल्यान्डमा मेरा एकजना साथीले मलाई भनेका थिए, ‘धेरै वर्षअघि इङ्ल्यान्डमा मेरो एकजना साथीले दोस्रो विश्वयुद्धबाट भत्किएको पनडुब्बी भेटेका थिए । उहाँले मलाई त्यसमा रुचि छ कि भनेर सोधेका थिए । मैले छ भनेँ । तर कुरा अगाडि बढ्न सकेन ।’







डिसी नेपाल








Facebook Comment