‘इरान हाम्रो नियन्त्रणमा छ, चीनको सहयोग चाहिँदैन’

डिसी नेपाल
३० वैशाख २०८३ ११:४७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन्। भ्रमणमा निस्कनु ठीक अघि उनले इरानसँगको युद्ध समाप्त गर्न आफूलाई चीनको सहयोग आवश्यक नपर्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङसँग विस्तृत कुराकानी गर्ने जानकारी दिए।

यद्यपि, इरानको विषय आफ्नो एजेन्डामा नरहेको दाबी गर्दै उनले भने, “साँचो भन्नुपर्दा इरान हाम्रो एजेन्डामा छैन, किनकि इरान पहिले नै हाम्रो नियन्त्रणमा छ।”

उनले इरानलाई चेतावनी दिँदै अगाडि भने, “या त हामी सम्झौतामा पुग्नेछौँ, नत्र उनीहरू (इरान) बर्बाद हुनेछन्।”

चीनको विदेश मन्त्रालयका अनुसार ट्रम्प जेठ ३० देखि ३२ गते (मे १३-१५) सम्म चीनको भ्रमणमा रहनेछन्। करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *