नेपाल शिक्षक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

डिसी नेपाल
१ वैशाख २०८० १४:२४
108
Shares

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् ।

गोकर्णबहादुर बानियाँलाई सात मतले उछिनेर गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष चयनका लागि भएको मतदानमा ६०७ मत खसेको थियो। जसमध्ये गिरीले ३०५ मत ल्याएर निर्वाचित हुँदा बानियाँले २९८ मत ल्याएर पराजिजत हुन पुगेका हुन् ।

महाअधिवेशनले वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा धनकला भण्डारी निवाचित गरेको छ । यसैगरी कोशी प्रदेश तर्फ उपाध्यक्षमा वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशतर्फ उपाध्यक्षमा छोटेलालप्रसाद तेली शाह, बागमती उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमनारायण भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित भएका छन्।

महासचिव ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल चयन भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *