सरकारले सुझबुझपूर्ण ढङ्गले काम नगरे मुलुक झनै सङ्कटमा पर्दै जान्छः गगन थापा

डिसी नेपाल
२ वैशाख २०८० २३:१७
52
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल हुने बताएका छन्।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसले जेठभित्र नीति अधिवेशन गर्ने तयारी गरिरहेको बताउँदै उक्त अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धिकरणका बारेमा व्यापक छलफल हुने बताए।

“विसं २०८० कांग्रेसलाई सुदृढीकरण र शुद्धीकरण गर्ने वर्ष हुनेछ, पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल गर्नुपर्छ”, उनले भने। उनले कांग्रेसभित्र पुरानो नेताको अनुभव र नयाँ युवाको जोसलाई कांग्रेसले अगाडि बढाउनुपर्ने बताए।

महामन्त्री थापाले मुलुक सङ्कट परेको बेलामा सरकारले सुझबुझका साथ काम गर्नुपर्ने बताए। सरकारले जनतालाई महसुस दिने गरी काम गर्नुपर्ने उनको भनाइ थियो। उनले सुझबुझपूर्ण ढङ्गले काम नगरे मुलुक झनै सङ्कटमा पर्दै जाने बताए।

सरकारले राम्रो काम गर्दै गए तीन÷चार महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो। महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.