प्रचण्डको सत्ता जोगियो, भारतसँग गोप्य सम्झौता
बैशाख तेस्रो साता भारत भ्रमण
काठमाडौं। अन्ततः वैशाख तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने तय भएको छ। प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्ने बताउँदै आएका प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने तय भएको हो।
त्यसको तयारी गर्न प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) परराष्ट्रमन्त्री नियुक्त गर्दैछन्। नेपाली कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा कांग्रेसले एनपी साउदलाई परराष्ट्र मन्त्री बनाउँदै छ। उनले आजै सपथ लिने कार्यक्रम छ।
स्रोतका अनुसार शुक्रबार प्रचण्ड भारत जाने सहमति भएको थियो। त्यसका लागि प्रधानमन्त्री प्रचण्डले भारतसँग गोप्य सम्झौता गरेका छन्। सो सम्झौताका विषयमा केही पनि खुलाइएको छैन।
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्साबाट हटाउन लिएको अडानबाट भारत पछि हट्दै त्यसलाई विवादित भूमि मान्ने र द्विपक्षीय वार्ताको माध्यमबाट समाधान गर्ने भन्ने शब्द प्रयोग गर्न भारत तयार भएको बताइएको छ।
यद्यपि नेपाली नक्सामा समावेश गरिएको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई ‘विवादित’ भूमि मान्दै यस्ता विवादित विषयमा द्विपक्षीय वार्ताको माध्यमबाट हल गर्ने भन्ने विषय समावेश गर्ने सहमति भएको छ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्साबाट हटाउन लिएको अडानबाट भारत पछि हट्दै त्यसलाई विवादित भूमि मान्ने र द्विपक्षीय वार्ताको माध्यमबाट समाधान गर्ने भन्ने शब्द प्रयोग गर्न भारत तयार भएको बताइएको छ।
प्रचण्डको भारत भ्रमण तय भएसँगै तत्कालका लागि सत्ता जोगिएको छ। प्रधानमन्त्रीका रुपमा भारत भ्रमण जाने भन्दै प्रचण्डले चीनको बोआओ सम्मेलनमा भाग लिन गरेको निमन्त्रणलाई अस्वीकार गरेका थिए। शुक्रबार भारतीय पक्षसँग गोप्य सम्झौता गरेपछि प्रचण्डको भारत भ्रमण तय भएको छ भने तत्कालका लागि उनको सत्ता पनि जोगिएको छ।
प्रचण्डको भारत भ्रमण तय भए पनि उनले दिल्लीमा गएर के सम्झौता गर्ने हुन् भन्नेमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस सशंकित छ। आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको भारतले प्रचण्डको भारत भ्रमणका बेला भारतीय सुरक्षा छाताभित्र नेपाललाई पनि राख्ने सम्झौता त गर्ने होइनन् भन्ने चिन्ता कांग्रेसलगायत सत्ता सहयात्री दलहरुमा देखिएको छ।
आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको भारतले प्रचण्डको भारत भ्रमणका बेला भारतीय सुरक्षा छाताभित्र नेपाललाई पनि राख्ने सम्झौता त गर्ने होइनन्?
प्रधानमन्त्रीका रुपमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र संवैधानिक परिषदसम्बन्धी विधेयक अगाडि बढाउन नसक्ने भएपछि प्रचण्डले आफ्नो कार्यकालमा भारत भ्रमण गर्ने चाहना राखेका हुन्।
सुरुमा चैत अन्तिमसम्म भारत भ्रमण गर्ने तयारी भएको बताएका प्रचण्डलाई भारतीय पक्षले चासो नदिँदा भारत भ्रमण हुन सकेको थिएन। यो बीचमा उनले विभिन्न च्यानलमार्फत भारतीय पक्षसँग सम्पर्क गरिरहेका थिए। अन्ततः भारत प्रचण्डलाई दिल्लीमा स्वागत गर्न तयार भएको छ।







डिसी नेपाल








Facebook Comment