बालकोट जान किन तयार भएनन् प्रचण्ड ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान नौ बजे बोलाइएको तीन दलको बैठकमा सहभागी भएनन् ।
प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बालकोटमा बस्ने तय भएकाे बैठकमा प्रधानमन्त्री अन्तिम समयमा अनुपस्थित भएका हुन्।
संक्रमणकालीन न्यायनिरुपण सम्बन्धि विधेयकलाई टुंगो लगाउने बारे छलफल गर्न प्रधानमन्त्रीको आग्रहमा तय गरिएको बैठकमा स्वयम् प्रधानमन्त्री प्रचण्ड नै सहभागी नभएपछि बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीले कार्य व्यस्तताको कारण बैठकमा सहभागी नहुने जानकारी दिएपछि बैठक स्थगित भएको एमालेका सांसद महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गर्नेगरी बैठक तय भएको थियो ।
सरकारले संसदमा ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेको छ । सोही विधेयक सदनमा सर्वसम्मत टुंगो लगाएर द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउने उद्देश्यले प्रधानमन्त्रीले सभामुखसहित प्रतिपक्षी एमालेसँग सहमति जुटाउन गृहकार्य गरिरहेका छन् ।
प्रतिपक्षी एमालेले संशोधन विधेयक पारित गर्न अवरोध गर्नसक्ने आशयले उक्त संशोधन विधेयकमा सहमति जुटाउन प्रधानमन्त्रीले केही दिनयता सभामुखसहित एमाले अध्यक्ष ओलीसँग छलफल गर्न दौडधुपमा ब्यस्त छन् ।







डिसी नेपाल








Facebook Comment