एकीकृत समाजवादीकी नन्दा चपाईंले लिइन् यातायात राज्यमन्त्रीको शपथ
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् आइतबार विस्तार गरिएको छ। नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्रमन्त्री र नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको शपथ खुवाइएर मन्त्रिपरिषद् विस्तार गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई परराष्ट्र मन्त्रालयको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
साथै राष्ट्रपति पौडेलको प्रधानमन्त्री प्रचण्डले चपाईंलाई राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुलाई शपथ ग्रहण गराइएको हो।
राज्यमन्त्री बनेकी चपाईं नेकपा एकीकृत समाजवादीकी नेतृ हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment