नवनियुक्त परराष्ट्रमन्त्रीलाई भेट्न भारतीय राजदूत श्रीवास्तव मन्त्रालय पुगे

डिसी नेपाल
३ वैशाख २०८० १९:४३
332
Shares

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। साउद परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूत श्रीवास्तव उनलाई भेट्न मन्त्रालय पुगेका हुन्।

भेटमा श्रीवास्तवले नवनियुक्त मन्त्री साउदलाई बधाई दिएका थिए। भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *