कास्की मालपोतको घटना तत्काल छानविन गर्न मन्त्री श्रेष्ठको निर्देशन

डिसी नेपाल
४ वैशाख २०८० ६:३०
588
Shares

काठमाडौं। भूमि व्यवस्था, सहकारि तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको विषय तत्काल छानविन गर्न निर्देशन दिएकी छिन्।

आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीलाई निर्देशन दिएकी हुन्।

केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको सार्वजनिक भएको थियो।
सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागीय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन्।

‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तर्गत हुने कुनै पनि अनियमितता, भ्रष्टचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिन। जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्जालमा भाइरल भइरहेको छ त्यस बिषयमा तत्काल छानविन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई भनिन्।

मन्त्री श्रेष्ठले कास्की मात्रै नभइ अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरुको अबस्था र समस्याका बिषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न निर्देशन दिइन्। मालपोत र नापी कार्यालयहरुमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्युनीकरण गर्ने उनले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *