बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै

डिसी नेपाल
४ वैशाख २०८० ७:२६
756
Shares

काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ। भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो।

बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए।

“विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको छ,” उनले भने, “यो बीचमा तीन दिन यता पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भई छलफल अवरुद्ध हुन पुगेकोले आज बिहान ९ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको छ।”

सरकारले संसदमा ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेको छ । सोही विधेयक सदनमा सर्वसम्मत टुंगो लगाएर द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउने उद्देश्यले प्रधानमन्त्रीले सभामुखसहित प्रतिपक्षी एमालेसँग सहमति जुटाउन गृहकार्य गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.