मिटरब्याज पीडितमाथि भएको प्रहरी आक्रमणप्रति संसदमा राप्रपाको भर्त्सना

डिसी नेपाल
५ वैशाख २०८० १३:३१
68
Shares

काठमाडौं। राप्रपाले मिटरब्याज पीडितमाथि प्रहरीको आक्रमणप्रति भर्तस्ना गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटरब्याजपीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेका हुन्।

राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडितमाथि नै आक्रमण हुनु दुखद् भएको भन्दै उनले मिटरब्याजपीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लागि आफू सडकमा उत्रिने चेतावनी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *