आवश्यक परे हतियार उठाउने मिटरव्याज पीडितहरुको चेतावनी

डिसी नेपाल
५ वैशाख २०८० १८:३९
128
Shares

काठमाडौं । मिटरव्याज पीडितहरुले सोमबार आफुहरुमाथि भएको घटना गृहमन्त्रीको आदेशबाट भएको आरोप लगाएका छन् । मिटरव्याज पीडितहरुले गृहमन्त्रीको आदेशबाट नै आफुहरुमाथि लाठी चार्ज भएको भन्दै गृहमन्त्रीको राजीनामा पनि माग गरेका छन् ।

मिटरव्याज पीडित हिमान्सुले नैतिकताहीन व्यक्तिसँग वार्ता सम्भव नभएको भन्दै अब सोझै प्रधानमन्त्रीसँग वार्ता गर्ने बताए । उनले भने, हामीसँग झगडा गर्ने र हामीलाई निस्किन नदिने प्रयास थियो, अस्पताल लाने भने प्रहरी कार्यालय लगियो यस्तो कार्य गर्न पाइदैन भन्दा हामीमाथि लाठी चार्ज भयो । हाम्रो घाईते साथी अचेत अवस्थामा पुग्दासम्म पनि हस्पिटल लाने कोशिस भएन ।

आन्दोलन गरेको होईन भित्र बसेको मान्छेलाई टेन्टबाट निकालेर लाठी हानिएको रहेछ । यो सीधैं गृहमन्त्रीको आदेशबाट भएको भन्ने छ । त्यसकारण हाम्रो माग गृहमन्त्रीको राजीनामा पनि रहेको छ । गृहसँग वार्ता सम्भव छैन् अब प्रधानमन्त्रीसाग हुन्छ ।’

यस्तै अर्को पीडित पुनम महत्तोले आफुहरु राज्यको नागरिक भएको भन्दै राज्यले समान व्यवहार नगर्ने हो भने जे गर्न पनि तयार रहेको बताइन् । उनले हतियार बोक्न राज्यले नै सिकाएको भन्दै माग सम्बोधन नभए हतियार उठाउन पनि तयार भएको चेतावनी पनि दिइन् ।

उनले भनिन‘यो राज्यले हामीलाई खेलौना सम्झेको छ । हामी यो देशको नागरिक हौं । हामीलाई नागरिक मान्दैन भने हामी जे गर्न पनि तयार छौ । गृहमन्त्रीलाई भनेको छु, तपाईले कानमा तेल होलेर जुन बस्नु भएको छ । जनताको पीर सुन्नु, हामी पनि हतियार बोक्न तयार हुन्छौ सरकारले नै सिकाएको हो मोर्न मार्न तयार छौं घर फर्किएर जादैँनौ ।’

उनले युवादेखि वृद्ध सबैमाथि लाठि चार्ज भएको भन्दै आफुहरुलाई घर पठाउनको लागि यस्तो षडयन्त्र गरिएको दावी समेत गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *