मोफसल प्रचारपछि काठमाडौं फर्कियो ‘जय शम्भु’ टिम
काठमाडौं । चलचित्र ‘जय शम्भु’ टिम यतिबेला फिल्मको प्रचार प्रसार सकाएर काठमाडौं फर्किएको छ। चलचित्र युनिटले पोखरा, बुटवल र चितवनमा गई त्यहाँका दर्जन भन्दा स्थानमा चलचित्रको बारेमा जानकारी गराएका थिए। यस्तै पत्रकार भेटघाट गरी चलचित्रको बारेमा थप जानकारी दिई चलचित्र टिम यतिबेला काठमाडौं फर्किएको हो ।
एक्शन लभस्टोरी भनिएको चलचित्रका बारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, वर्षा शिवाकोटी लगायत उपस्थित भएका थिए। रिलिज मिति नजिकिँदै गर्दा चलचित्र युनिटले प्रचार–प्रसारलाई तीव्र पारेका हुन्। देश व्यापी प्रचार प्रसारमा देखिएका चलचित्र यूनिटले प्रचारको लागि नयाँ शैली अपनाएका हुन्।
‘जय शम्भु’ भाद्र १ बाट रिलिजसँगै एक्शन लभस्टोरी मन पराउने दर्शकको आशा पूरा हुने बताइएको छ। दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन्। यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् ।चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।
चलचित्रमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । चलचित्रमा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदीको मुख्य भूमिका रहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment