चिनियाँ विदेशमन्त्री र चीनका लागि अमेरिकी राजदूतबीच भेटवार्ता, द्विपक्षीय वार्ता पुनः सुरु हुने
काठमाडौं । चीनका विदेशमन्त्री किन गाङले चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्ससँग भेटवार्ता गरेका छन् । यस क्रममा उनले अमेरिकाको चीनप्रतिको नीतिको कडा आलोचना गरेका छन् ।
चिनियाँ विदेशमन्त्री विशेष गरी ताइवानमा अमेरिकी नीतिसँग रिसाए। तर, साथसाथै उनले दुई देशबीचको सम्बन्धलाई स्थिर बनाउन आह्वान गर्दै यो नै आफ्नो सबैभन्दा ठूलो प्राथमिकता भएको बताए ।
परराष्ट्रमन्त्री भएपछि अमेरिकी राजदूतसँग किन गाङको यो पहिलो भेट थियो। यो भेटपछि दुई देशबीचको रोकिएको वार्ता पुनः सुरु हुने अड्कलबाजी बढेको छ ।
यसै वर्ष फेब्रुअरीमा अमेरिकामा चिनियाँ ‘जासूस’ बेलुन खसालेको थियो । त्यसपछि दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । चिनियाँ विदेशमन्त्रीले चीन–अमेरिकाको बिग्रँदै गएको सम्बन्धलाई रोक्नु पर्ने बताए ।
उनले भने, ‘अमेरिकाले एक चीन नीतिको सिद्धान्त पालना गर्नुपर्छ । उसले स्वतन्त्र ताइवान चाहने पृथकतावादी शक्तिहरूलाई समर्थन गर्न बन्द गर्नुपर्छ।’
चीनले ताइवानलाई आफ्नो विद्रोही राष्ट्र मान्छ, जुन एक दिन चीनमा विलय हुनैपर्छ। तर पछिल्लो समय चीनको वायुसेनाले यस टापुमा आफ्नो सैन्य गतिविधि बढाएको छ।
अर्कोतर्फ, अमेरिकी राजदूतले छोटो ट्विटमा यो कुराकानीलाई उल्लेख गर्दै भने, “मैले आज चिनियाँ विदेशमन्त्री किन गाङसँग भेट गरें। हामीले अमेरिका–चीन सम्बन्धमा देखिएका चुनौती र तिनलाई स्थायित्व दिनुपर्ने आवश्यकताबारे कुरा गरेका थियौँ ।”
यसपछि राजदूत बर्न्सले अमेरिकी समाचार च्यानल सीएनएनलाई भने, “हामी कहिल्यै वार्ताबाट पछि हटेका छैनौं। र चीनले यस दिशामा कदम चाल्ने अपेक्षा गरिएको छ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment