सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिवद्ध रहेको बताएका छन्।
शुक्रबार लगानी वोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड वैंक नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताएका हुन्।
उनले नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको धारणा पनि राखे।
लगानीको वातावरण बनाउनका लागि नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्था सुधार गर्न पहल गरिसकेको उनले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment