‘फरम्याट’ गरेकाले खाँणकाे माेबाइल ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा

डिसी नेपाल
३१ वैशाख २०८० ९:२७
1.5k
Shares

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाईएको छ। पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईएको हो।

‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरेपछि पुर्व मन्त्री खाँडकाे पनि सलंग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले खाँणको पनि मोबाइल प्रयोगशालामा पठाईएको हो, डाटा रिकभरी भएपछि थप प्रमाण भेटिने आशा गरेका छौँ।’

उनका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाँणको बयान जारी रहने छ। हालसम्म खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाईके केशव दुलाल र सानु भण्डारीसँग आफ्नो भेटघाट र चिनजान भएको स्विकार गरेका छन्। थप अनुसन्धानका लागि सरकारी वकिलको रोहवरमा उनीसँग बयान लिइदैछ।

जिल्ला अदालत काठमाडौंले खाँणलाई तीन दिनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको थियो। सोही अनुमति अनुसार आजसम्म खाँण प्रहरी हिरासतमा नै रहेका छन् भने आजै उनलाई अदालत लगेर थप म्याद लिने तयारी प्रहरीकाे रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *