काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

डिसी नेपाल
३१ वैशाख २०८० २०:२४
876
Shares

काठमाडौं। पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित पानी परेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकामा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित वर्षा भएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकासहित अहिले देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा भने हावाहुरीसहितको वर्षा भएको हो। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको छ।

तराई क्षेत्रको मौसम भने सफा नै रहेको छ। आगामी तीन दिन नै देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा प्रभाव नरहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *