एमाले नेता महेश बस्नेतले भने, ‘पार्टीको आदेशमा टोपबहादुर पक्राउ’
काठमाडौँ। नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै सचिव टोपबहादुर रायमाझी प्रहरी सामु पुगेको बताएका छन्।
शनिबार साँझ बुढानिलकण्ठस्थित आफन्तको घरबाट पक्राउ परेका रायमाझीलाई गिरफ्तारी दिन आदेश गरे बमोजिम उनी प्रहरी सामु पुगेको बस्नेतको दावी छ।
‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरी सामु पुग्नु भएको छ,’ बस्नेतले भनेका छन्, ‘नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधिहरुलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment