पासाङ ल्हामु शेर्पाका श्रीमान सोनामले गरे सगरमाथाकाे सफल आराेहण
काठमाडौँ। पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्हामु शेर्पाका श्रीमान सोनाम शेर्पाले सगरमाथाको चुचुरो छोएका छन्।
यती समूहका अध्यक्ष समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरो टेकेका हुन्। यससँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गरेका छन्।
२०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्केको भए पनि सोनाम त्यो बेला बेसक्याम्प–२ पुगेर फर्किएका थिए। तर, उनकी छोरी फुटी शेर्पाका अनुसार आमा पासाङ भन्दा अगाडी नै सोनामले धौवलागिरी र थामसेर्फु हिमाल चढिसकेका थिए।
मुख्यतयाः भुकम्पपछि सबै महादेशको सर्वोच्च शिखर चुम्ने उदेश्यसहित अघि बढेका सोनामले ३० वर्ष सगरमाथाको सफल आरोहण गरेका हुन्। ६३ वर्षीय शेर्पा आफ्नो टोलीसँग मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरु हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए। आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको सफल आराेहण सम्पन्न गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment