महाेत्तरीमा वन क्षेत्रमा सिकार खेल्न हिडेका तीन पक्राउ
महोत्तरी। राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमीटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रबाट उनीहरु हतियारसहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा सर्लाही इश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ वर्षिय लाल बहादुर भोलन, ३० वर्षिय प्रेम बहादुर भोलन र ३८ वर्षिय अमिर स्याङतान छन्।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र खयरमारा प्रहरी चौकीवाट खटिएको प्रहरीले २ थान भरुवा बन्दुक समेत बरामद गरेको छ। तीनै जनालाई हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment