सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
३१ साउन २०८३ २०:५१

सुदूरपश्चिम । सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार पुदूरपश्चिमका हिमाली, क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा सतर्कताका लागि आग्रह गरेको छ। बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले भारी वर्षको सम्भावना रहेकाले ती क्षेत्रमा सूचनामूलक माइकिङसमेत गरिएको जानकारी दिए।

उनले पहाडी र तराई क्षेत्रका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावनालाई मध्यनजर गरी सूचना प्रवाह गर्नुका साथै आफ्नो मातहतका युनिटलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको बताए।

सोमबार दिउँसो पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान कार्यालयले जनाएको छ। सोमबार दिउँसो यहाँका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यकता अपनाउन मौसम विज्ञान कार्यालय अत्तरियाले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *