सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुँदैन : ओली

डिसी नेपाल
३ जेठ २०८० १४:१४
252
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुन नसक्ने बताएका छन्।
बुधबार मदननगर बल्खुमा आयोजना गरिएको मदन-आश्रित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलको गठबन्धन सरकार प्राप्त गर्नका लागि बनेको भन्दै एमालेले सत्ता स्वार्थका लागि कसैसंग गठबन्धन र एकता नगर्ने बताएका हुन्।

उनले अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको जिकिर गरे। ओलीले राजनीति अस्थीरता र अराजकताबाट गुज्रिरहेको अवस्थामा सरकार टिकाउने खेलमा मात्रै गठबन्धनको ध्यान केन्द्रीत रहेको आरोप लगाए।

त्यस्तै अध्यक्ष ओलीले देश अप्ठेरो अवस्थामा पुग्दा पनि लामो इतिहास बोकेको कांग्रेसको भूमिका नदेखिएको भन्दै कांग्रेस पार्टीलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने अवस्थामा पुगेको बताए।

ओलीले एमालेले सही बिचार लिएको र संगठन व्यापक भएपनि संगठनात्मक सुधार आवश्यक रहेको बताए। एकतावद्ध भएर सुदृढ प्रयास अघि बढाए अग्रज नेताहरुले छाडेर गएका अभिभाराहरुलाई पुरा गर्न सकिने बताए।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिनको सम्झनामा नेकपा एमालेले ‘मदन-आश्रित स्मृति’ कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकले मदननगरमा रहेको मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *