सर्वोच्चले चोलेन्द्र शमशेर जबराको मुद्दामा बहस नोट माग्यो

डिसी नेपाल
३ जेठ २०८० २१:२४
148
Shares

काठमाडौं। सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले आज दुवै पक्षको बहसपछि फैसला लागि बहस नोट माग गर्ने आदेश गरेको हो ।

महाभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि संसद्बाट फुकुवा भएको पत्र प्राप्त गर्नुभएका राणाको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश भएको हो ।

गत फागुन १ गते सर्वोच्चको प्रधानन्यायाधीश रहेका राणामाथि तत्कालीन सत्तारुढ दलले महाभियोग दर्ता गरेको थियो । महाभियोग दर्ता भएलगत्तै निलम्बनमा राणाले अवकाश प्राप्त गरेपछि पनि उक्त विवाद निष्कषर्मा पुग्न सकेको छैन ।

गत मङ्सिर १ गते सङ्घीय संसद्का महासचिव भरतप्रसाद गौतमले महाभियोग फुकुवा भएको पत्र राणालाई लेखेका थिए।

त्यस पत्रविरुद्ध वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले संवैधानिक इजलासमा संसद्को महासचिवले महाभियोग फुकुवा भएको निर्णय गर्न नसक्ने उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सोही विवादमा आज बहस नोट माग गरिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *