प्रतिनिधिसभा बैठक बस्दै: सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

डिसी नेपाल
४ जेठ २०८० ६:३२
44
Shares

काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे बस्नेछ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *