कालिका लघुवित्तले संस्थापक सेयर सर्वसाधरणलाई बिक्री गर्ने

डिसी नेपाल
४ जेठ २०८० १०:४८
84
Shares

काठमाडौँ। कालिका लघुवित्तले संस्थापक सेयर सर्वसाधरणलाई बिक्रि गर्न लागेको छ।

लघुवित्तका केही संस्थापक सेयरधनिले आफ्नो हिस्साको सेयर बिक्री गर्न चाहेपछि यसअघि कम्पनीले साविककै शेयरधनीलाई खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो। तर, कुनै पनि संस्थापक शेयरधनीले उक्त सेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले आज पुन: व्यक्ति तथा संस्थाहरुको लागि आवेदन माग गरेको हो।

संस्थापक शेयरधनी रमेश तिवारीले आफ्नो नाममा रहेको ६ हजार ६ सय बिक्ता शेयर बिक्री गर्न लागेका हुन् भने संस्थापक सेयरधनी कमलप्रसाद भुसाल र मोति प्रसाद पौडेलले पनि  ५, ५ हजार कित्ता र अर्का शेयरधनी इन्द्र बिक्रम मल्लको नाममा रहेको ३ हजार १ सय कित्ता गरि कुल १९ हजार ७ सय कित्ता शेयर लघुवित्तले बिक्री गर्न लागेको हो।

उक्त शेयर किन्न इच्छुक साविक संस्थापक शेयरधनि बाहेक अन्य व्यक्ति तथा संस्थालाई १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन कम्पनीले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *