बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
सांकेतिक तस्विर।
काठमाडौँ। काठमाडौं महानगरपालिका-६ बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। बौद्ध तिनचुली बस्ने ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनको होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment