रकम भुक्तानी नगरेको भन्दै उखु किसान संघर्ष समितिद्वारा माइतीघरमा धर्ना

डिसी नेपाल
४ जेठ २०८० १३:०४
56
Shares

काठमाडौं। उद्योगीले उखु किसानको रकम भुक्तानी नगरेको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्।

आर्थिक बर्ष २०७१/७२ मा सरकारले रु २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्व असुल उपर गराई कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन्।

त्यस्तै उद्योगले लामो समयदेखि किसानको रकम भुक्तानी नगरेको उनीहरुको गुनासो छ। उनीहरुले सवै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्युनतम समर्थन मुल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका थिए।

त्यस्तै समितिले ट्याक्टर खरिद गर्दा सहुलियत दरमा भन्सार गराई कृषकले स्वयं ल्याउन पाउने गरि व्यवस्था मिलाउन पनि माग गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *