नक्कली भुटानी शरणार्थी प्रकरणः मियाँ र रिजाललाई दुई दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल लाई प्रहरीले अदालतमा उपस्थीत गराएको छ ।
पक्राउ परेका दुवैलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए ।
काठमाडौंबाट पक्राउ परेका मियाँ र रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थीत गराईको थियो ।
शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टोप बहादुर रायमाझी लगायतलाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment