अपहरणमा परेको भ्रम फैलाउने दुई युवा पक्राउ

डिसी नेपाल
४ जेठ २०८० २२:०८
160
Shares

झापा । आफू अपहरणमा परेको भनी भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार वैशाख ३१ गते नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले भ्रष्टाचार विरुद्ध बुधबारेमा आयोजना गरेको विरोध कार्यक्रमका विरुद्ध फेसबुकबाट अभिव्यक्ति दिएर सुहाङ सुनियोजित रुपमा बेपत्ता भएका थिए । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्स (एलभी) कमान्डरसमेत रहेका सुहाङ बेपत्ता भएपछि आफन्त र मञ्चले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजतलासका लागि अनुरोध गरेका थिए ।

सुहाङ अपहरणमा परेको दावी गर्दै उनलाई सकुशल अपहरण मुक्त गर्न र दोषीमाथि कारबाही गर्न आफन्त र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले माग गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाले तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेर खोज तलास गर्दा सुहाङलाई इलामको रोङ गाउँपालिका–४ स्थित बिरिङ खोलाको पुलमुनी लुकेर बसिरहेको अवस्थामा बुधबार फेला पारेको सूचना अधिकारी रिजालले जानकारी दिए ।

अपहरणमा परेको नाटक गर्ने क्रममा सुहाङले बुद्धशान्ति वडा नं ७ को पैनीबगर भन्ने स्थानमा आफूले लगाएको घडी र लुगासमेत फ्याकेको प्रहरीले फेला पारेको छ । नेविसङ्घका कार्यकर्तासँग विवाद परेको कारण अपहरण गरिएको भन्ने भ्रम सिर्जना गर्न सुहाङले आफ्नै छिमेकी साथी ३९ वर्षीय फुलबहादुर गौतम दर्जीसँग मिलेमतो गरेको जनाउँदै प्रहरीले दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *