नीति तथा कार्यक्रमअघि राष्ट्रियसभाको बैठक बस्ने

डिसी नेपाल
५ जेठ २०८० ८:०८
12
Shares

काठमाडौं। सरकारको नीति तथा कार्यक्रमअघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्नुअघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे बस्नेछ।

सो बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संसोधन मस्यौदा समिति’ गठन सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची तय छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली-२०७५ संशोधन मस्यौदा समितिमा राष्ट्रियसभा सदस्यहरूको मनोनयनसहित समिति’ गठन सबन्धी प्रस्तावलाई गोपीबहादुर सार्की आछामीले प्रस्तुत गर्ने छन्।

उता, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सबन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

स्वास्थ्यमन्त्री मोहनकुमार बस्नेतले ‘कोभिड ११९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *