हिमाल दोलखा हाइड्रोपावरले ७५% हकप्रद सेयर जारी गर्ने

डिसी नेपाल
५ जेठ २०८० ८:२७
92
Shares

काठमाडौं। हिमाल दोलखा हाइड्रोपावरले जेठ २२ गतेदेखि ७५% हकप्रद सेयर जारी गर्ने भएको छ। यसले १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। यस हकप्रद सेयरको लागि यसले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ।

तसर्थ, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले असार १० गतेसम्म आवेदन दिन सक्नेछन्।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ।

कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ। हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *