धनगढीमा २६ वर्षीया डाक्टर मृत फेला

डिसी नेपाल
५ जेठ २०८० ९:२९
3.8k
Shares

धनगढी। धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन्। धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन्। उनी आफ्नो घरमा मृत भेटिएकी हुन्।

शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको बताए।

शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *