सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

डिसी नेपाल
५ जेठ २०८० १०:४१
300
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड १८ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। साबिक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भई ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’को नाममा उक्त सेयर नेप्सेमा सूचिकृत भएको हो।

यसका साथै मर्जरका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको पनि नेप्सेले जनाएको छ। अव यस कम्पनीका सेयरधनीहरुले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’को नामबाट सेयर कारोबार गर्न पाउने भएका छ।

नेप्सेले मर्जरपछि बनेको कम्पनीको सेयर कारोबारको लागि ओपनिंग रेञ्ज पनि निर्धारण गरेको छ। कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ३ सय ९१ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *