माओवादी केन्द्रका चार पदाधिकारीसहित २० सदस्यीय टोली चीन प्रस्थान

डिसी नेपाल
५ जेठ २०८० ११:३२
428
Shares

काठमाडौँ। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि आज प्रस्थान गरेका छन्।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्दुका लागि प्रस्थान गरेको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकरी दिए। उनीहरु आज छिन्दु प्रस्थान गरेका हुन्।

भ्रमण दलमा माओवादीका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु सहित केन्द्रीय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *