विभिन्न प्रलोभन देखाई ठगी गर्ने ४३ वर्षीय व्यक्ति पक्राउ
काठमाडौँ। विभिन्न प्रलोभन देखाई ठगी गरेको अभियोगमा सिन्धुली गोलन्जोर गाउँपालिका-४ घर भएका ४३ वर्षीय कृष्ण मुरारी गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।
गुरूङले विभिन्न मिति र समयमा विशेष अदालतबाट आफ्नो सम्पत्तिहरू रोक्का भएको तथा मुद्दा परेकोले मुद्दा मिलाउन र आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै एक जना पीडितबाट ७ करोड ७५ लाख रूपैयाँ तथा २० तोला सुन र अर्का एक जना पीडितबाट ३० लाख रूपैयाँ ठगी गरेका थिए।
साथै गुरूङले आफूसँग रहेको गाडी बिक्रीमा रहेको, बैंकमा २० लाख रुपैयाँ ऋण तिरेपछि बैंकले उक्त गाडी आफ्नो नाममा पास गरी दिने र उक्त गाडी पीडितलाई खरिद गर्न दिने भन्दै विश्वासमा पारी अर्की महिला पीडितबाटसमेत २० लाख रुपैयाँ ठगी गरी फरार भएको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनी उपर ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment