टाइगर ३ को सुटिङमा सलमान खान घाइते
काठमाडौं । बलिउड अभिनेता सलमान खानले बिहीबार आफ्नो काँधमा चोट लागेको बताएका छन् । उनले ट्विट गर्दै आगामी फिल्म ‘टाइगर ३’ को सेटमा आफू घाइते भएको संकेत गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, “जब तपाईलाई संसारको बोझ काँधमा छ भन्ने लाग्छ, तब उनीहरू भन्छन् संसार छोड, पाँच किलोको डम्बेल उठाएर देखाऊ। टाइगर घाइते छ।”
यस पोस्टमा उनले एक तस्विर पनि सेयर गरेका छन् जसमा उनको ढाडमा दुखाई कम गर्ने प्याच लगाइएको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार कट्रिना कैफ यशराज फिल्म्सको टाइगर ३ मा सलमान खानसँग काम गरिरहेकी छिन् ।
मनीष शर्माले निर्देशन गरेको यो एक्सन थ्रिलर नोभेम्बरमा ठूलो पर्दामा रिलिज हुँदैछ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment