प्रभु लाइफ इन्स्योरेन्सले २६ जेठमा डाक्यो वार्षिक साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

डिसी नेपाल
७ जेठ २०८० ९:०७
152
Shares

काठमाडौँ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा जेठ २६ गते गर्ने भएको छ । कम्पनीले यसअघि विशेष साधारणसभा डाकेकोमा प्रकाशित सूचना संशोधन गर्दै पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौँको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको छ।  सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने, सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव, प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ।

मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु सभाले स्वीकृत गर्नेछ।  मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *