५.८८ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ६० करोडको कारोबार

डिसी नेपाल
७ जेठ २०८० १५:११
76
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ६ करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : राष्ट्रिय बीमा कम्पनी र तारागाउँ होटलको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आदर्श लघुवित्त र ग्लोबल आइएमई ब्यालेन्स फण्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *