नांगो गाउँमा दयाहाङ नेता

डिसी नेपाल
९ जेठ २०८० १७:४४
200
Shares

काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’मा अभिनेता दयाहाङ राईले नेताका रुपमा अभिनय गरेका छन् । ३३ दिनमा छायाङ्कन सकिएपछि फिल्म युनिटले दयाहाङको नेता अवतारको तस्वीर सार्वजनिक गरेको हो ।

फिल्मको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको छ । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगरर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।

हिमाल शर्माको प्रस्तुतीमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । यो फिल्मलाई भदौको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ ।

यो फिल्मलाई लिएर देश तथा विदेशमा रहेका दर्शकमा प्रतिक्षा छ । यहीकारणले गर्दा पनि फिल्मको विदेश राइट्स विक्री भैरहेको छ । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ फिल्म गतबर्ष सुपरहिट भएको थियो ।

यस्तै, यो बर्ष आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा निर्देशक लामाले उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘गोपि’बाट प्राप्त गरेका थिए । फिल्म ‘नांगो गाउँ’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *