दिक्तेलमा नबिल बैंकको शाखा विस्तार
खोटाङ । नबिल बैंकले खोटाङको दिक्तेल बजारमा शाखा विस्तार गरेको छ । केही समय अघिदेखि कारोबार सुरु गरेको नबिलको २३४ औं दिक्तेल शाखा बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले उद्घाटन गरेका छन् ।
थप ३८ वटा नयाँ शाखा विस्तारका क्रममा दिक्तेल शाखा औपचारिक रुपमा उद्घाटन गरिएको नबिल बैंक दिक्तेल शाखाका प्रमुख डिल्ली कार्कीले बताए। ‘हजुर हामी सँगसँगै’ भन्ने नारा आत्मसाथ गरेको बैंकको शाखा संख्या हालसम्म २५५ पुगेको छ ।
बैंकले बचत निक्षेपमा ७.४० प्रतिशत र मुद्धति निक्षेपमा ९.९९ प्रतिशतसम्म व्याज प्रदान गर्दैआएको जनाएको छ । ‘कर्जातर्फ सुलभ दरमा कर्जा लगानी गर्दैआएको छ,’ शाखा मेनेजर कार्कीले भने, ‘घर कर्जामा १०.९९ प्रतिशत लगानी गरिआइएको छ ।’ हालसम्म बैंकको एक्स्टेन्सन काउण्टर संख्या १८, शाखा रहित सेवा आठ र एटिएम सेवा २८३ पुगेको छ । गत बैसाख मसान्तसम्ममा बैंकको कुल निक्षेप तीन खर्ब ७३ अर्ब ८९ करोड संकलन गरी तीन खर्ब ३४ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको कार्कीले बताए ।
कार्यक्रममा सहभागी अतिथिले बैंकलाई स्वरोजगार र आत्मनिर्भर बनाउनेगरी लगानी गर्न सुझाव दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष राई, विशेष अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका वडाध्यक्ष ध्रवबिक्रम राई, उद्योग बाणिज्य संघका अध्यक्ष राजन आचार्य र बुद्धिजिवी पवन थापाले शुभकाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नबिल बैंकका प्रदेश क्लष्टर हेड टोपप्रसाद अगस्तीको सभापतित्वमा सम्पन्न भएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment