१६.५४ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा बढेको छ। बिहीबार नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१९ अंकले बढेर ३५५.६२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा प्रभु बैंकको प्रमोटर सेयर अग्रिम स्थानमा छ। यसको आज ३४ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र एनआईसी एशिया बैंकको कारोबार भएको छ।
बिहीबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा जोशी हाइड्रोपावर र बिपीडव्लु लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सनराइज फोकस इक्युती फण्ड रआत्मनिर्भर लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment