यस्ताे छ आजको बिनिमय दर, युराेकाे भाउ १४० नाघ्याे
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ५६ पैसा र बिक्री दर १३२ रूपैयाँ १६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रूपैयाँ ८० पैसा र बिक्री दर १४१ रूपैयाँ ४४ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६३ रूपैयाँ ८१ पैसा र बिक्री दर १६४ रूपैयाँ ५५ पैसा तथा क्यानेडियन १ को खरिददर ९६.९८ र बिकी दर ९७.४३ रहेकाे छ।
यता अस्ट्रेलियन डलर एकको खरिद दर ८५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.१६ रुपैयाँमा किनबेच भइरहेकाे छ।
साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा, साउदी रियाल एकको खरिद दर ३५.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५२ रुपैयाँ तथा बिक्री दर २९.६५ रुपैयाँ रहेको छ।
साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ छ भने बिक्री दर ९०.०१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment