कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ?

डिसी नेपाल
१९ जेठ २०८० ८:३४
176
Shares

काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज (जेठ १९ गते)देखि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र सर्वसाधारणका लागि छुट्याइएको १ लाख २१ हजार ८६७ कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि  बिक्री खुला गरेको हो।

कम्पनीले स्थानीय बासिन्दाहरुको लागि जारी गर्न लागेको १ लाख २१ हजार ८६८ कित्ता आईपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साबिकको सुष्पा क्षमावती गाविसका सबै वडा) तथा भीमेश्वर नगरपालिका वडा नं. १ (साबिकको सुद्रावती गाविसका सबै वडा) का बासिन्दाले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली दुबैले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन्।

यस आईपीओमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली दुबैले असार १ गतेसम्म आवेदन दिन पाउने छन्।  तर स्थानीय बासिन्दालाई जारी हुने आईपीओमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असार १७ गतेसम्म आवेदन दिन पाउने छन्।

स्थानीयले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। विदेशमा रहेका नेपाली श्रमिकले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *