कृषि विकास बैंकले माग्याे ठूलो संख्यामा कर्मचारी

डिसी नेपाल
१९ जेठ २०८० १२:५२
1.3k
Shares

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि १७९ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।

बैंकले चौथो तहको सहायकदेखि नवौँ तहको अधिकृतसम्म कर्मचारी भर्ना दरखास्त आह्वान गरेको छ। बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ।

इच्छुकले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति असार ७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरी असार १४ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *