यस्ताे छ, आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ ०० पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसामा काराेबार हुनेछ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ७२ पैसा र बिक्री दर १६५ रूपैयाँ ४८ पैसा, क्यानेडियन १ को खरिददर ९७.९६ र बिकी दर ९८.४ मा किनबेच हुनेछ।
उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८७. १४ रुपैयाँ तथा बिक्री दर ८७.५४ रुपैयाँ ताेकिएकाे छ। राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा, साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.७१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८४ रुपैयाँ रहेको छ ।
साथै, साउथ कोरियन वन १०० को खरिददर १०.११ रुपैयाँ छ भने बिक्री दर ९०.१५ रुपैयाँमा खरिद बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment